१३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लबले ‘माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२’ मा विजयी सुरुवात गरेको छ ।
माल्दिभ्सको मालेमा बिहीबार राति भएको समहू ए को खेलमा पुलिसले क्लब इगललाई ३-० को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले इगललाई २५–१९, २५–२१,२५–२० ले हरायो ।
कामनाले पहिलो पटक विदेशी लिग खेलिरहेकी छन् । कामनासँगै उषा भण्डारीले पनि माल्दिभ्समा लिग खेलिरहेका छन् ।
उषा सम्मिलित टिम धिबेही सिफान्जी क्लबले यस अघि क्लब हाल्फलाइन लिंकेजलाई सोझो सेटमा पराजित गरेको थियो ।
घरेलु भलिबलमा नेपाल पुलिस क्लबाट सँगै खेल्दै आएका कामना र उषा माल्दिभ्समा भने फरक टिमको प्रतिनिधित्व गरेर खेलिरहेका छन् । उषा र कामना सम्मिलित टिम एउटै समूहमा छ । यी दुई खेलाडी शनिबार एक आपसमा खेल्नेछन् ।
प्रतियोगितामा कूल १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया 4