+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० थान ह्विलचेयर हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १७:१९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १०० थान ह्विलचेयर हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षण अस्पताललाई उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच ह्विलचेयर सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचेयर अस्पताललाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले समाजप्रति पनि ठूलै दायित्व रहेको भन्दै हाललाई १०० थान ह्विलचेयर शिक्षण अस्पताललाई प्रदान गरिएको बताए ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?