+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

किशोर मृत्युको घटना छानबिन गर्न अछामका राजनीतिक दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १९:४९

२३ जेठ, काठमाडौं । अछाममा नेकपा एमालेसहित चार राजनीतिक दलले पञ्चदेवल विनायक नगरपालिकाका १५ वर्षका किशोर विनोद शाहीको मृत्युको छानबिन गर्न माग गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी पीडित पक्षको किटानी जाहेरी दर्ता गर्न, दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गरेको हो ।

‘उक्त घटनाको बारेमा पीडित पक्षबाट दिइएको किटानी जाहेरी यथाशीघ्र दर्ता गरी दोषीहरुलाई तत्काल पक्राउ गरी सत्य तथ्य छानबिन गरी दोषी उपर कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय अछामसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

यो घटनामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको भन्दै दलहरुले उनीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

विज्ञप्तिमा नेकपा एमालेको पञ्चदेवल विनायक नगरपालिकाका इन्चार्ज भीमबहादुर विष्ट, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज धर्मराज तिमिल्सेना, नेकपा एकीकृत समाजवादीका सहइन्चार्ज केशव शाही र विप्लव समूहका इन्चार्ज सर्जन धामीले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?