
लुम्बिनी प्रदेश सभा बैठक । फाइल तस्वीर
२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश १ सरकारले पनि आजै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4