+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमालेको सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १३:४०

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?