+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
53/4 (9.2)
Shares

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:१५

५ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत फेला परेको छ ।

वीरगञ्ज-ठोरी हुलाकी सडकदेखि करिब ५०० मिटर उत्तरतर्फ ठोरी गाउँपालिका-२ सँग सटेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भाले बाघ मृत फेला परेको निर्मल-ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको बाघको अवस्था हेर्दा दुई वटा बाघ एकआपसमा जुध्ने क्रममा एउटा मरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए ।

बस्नेतका अनुसार दीपानगर रेन्जपोस्टको टोलीले उक्त बाघ मृत फेला पारेका हुन् । मृत फेला परेको बाघ अन्दाजी १०/१२ वर्षको जस्तो देखिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?