+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इन्धनको मूल्यवृद्धिले सरकार नै अलोकप्रिय भयो : कांग्रेस सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १४:१४

७ असार, काठमाडौं । पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेकी छिन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग माग गरिन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ, यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको छ,’ सांसद चौधरीले भनिन्, ‘जनतालाई राहत दिनुपर्ने बेलामा सरकारले असोचनीय निर्णय गर्‍यो ।’ जनतालाई राहत दिनुपर्ने भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन पनि सांसद चौधरीले आग्रह गरिन्. ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?