
९ असार, काठमाडौं । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुको नियन्त्रणमा रहेको कुकुरले मालिक भेट्टाएको छ । गत चैत १४ मा घोरल चोरी शिकारीको आरोपमा मालिकसँगै कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बुधबार कुकुरका मालिक च्याम्पा तामाङ सम्पर्कमा आएपछि वन कार्यालयले कुकुरलाई बिहीबार बिहान उनको जिम्मा लगाएको हो ।
मुगुको कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक लामा पक्राउ परेका थिए । उनीहरुको साथमा कुकुर पनि थियो । जेठ १२ मा जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए भने टासी र छिमेक साधारण तारेखमा छुटेका थिए ।
उनीहरु छुटे पनि कुकुरका विषयमा अदालतले केही नभनेपछि वन कार्यालयले कुकुरलाई थुनेर राखेको थियो । धरौटीमा छुटेका च्याम्पाले लिन नआएपछि कुकुर तीन महिनादेखि वन कार्यालयमै रहेको थियो ।
प्रतिक्रिया 4