+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्वतन्त्र उम्मेदवारको जित अपवाद हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १९:३०

९ असार, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए । उनले भने, ‘यो गतिशील दुनियाँ हो । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ ।’

नेपालमा मुख्य रुपमा एमाले र कांग्रेस दुईवटा राजनीतिक पार्टी रहेको भन्दै उनले उनीहरुले राम्रो काम नगरे अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए ।

‘म यो पनि भन्दिन कि नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन,’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘तर अहिलेको यथार्थ नेपालमा मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन्, एमाले र काँग्रेस । यिनीहरुले केही पनि ठिक काम गरेनन् र योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?