+
+

गायिका दिलमाया सुनार मृत भेटिइन्, १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते २३:१२

११ असार, काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।

सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि थिइन् ।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?