
२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो । यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो ।
नयाँ मन्त्रीहरूको सपथ सोमबार नै हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’
हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4