+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गच्छदार बोल्दाबोल्दै देउवाले रोकेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १९:०८

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा बोल्दाबोल्दै नेता विजय गच्छदारलाई रोकेका छन् ।

निर्धारित समयभन्दा बढी समय लिएर पनि गच्छदारले आफ्नो विचार नटुंगाएपछि देउवाले उनलाई रोकेका हुन् । केन्द्रीय सदस्यलाई बोल्नका लागि ५ मिनेट छुट्याएको थियो । शीर्ष तहका नेताहरु साथै पूर्व पदाधिकारी पनि भएकाले बिहीबार बोल्नेहरुलाई बढीमा १० मिनेटसम्म बोल्न दिइएको थियो ।

निर्धारित समय भित्र आफ्नो विचार प्रस्तुत गर्न गच्छदारलाई समयाभाव भयो । विगतको पृष्ठभूमिलाई लम्बेतान रुपमा गच्छदारले बैठकमा राख्न थालेपछि देउवाले भने,‘मलाई थाहा छ । थाहा छ । तपाईंका कुरा कति सुन्नु?’

पार्टीभित्र आफ्नो योगदानका विषयमा बोल्दै गर्दा सभापतिले रोकेपछि गच्छदारले नेता बलबहादुर केसीले तिर हेर्दै भने, ‘उहाँ (बलबहादुर)लाई पनि १० मिनेट दिनुभएकै हो ।’ आफ्नो नाम लिएपछि बलबहादुरले प्रश्न गच्छदारलाई राखे, ‘बढी समय लिएको भन्दै मलाई नै देखाउनुपर्छ त?’

बलबहादुर र गच्छदारबीच केही बेर रोचक तरिकाले छेडछाड चलेको बैठकको दृश्यबारे एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘मलाई नै देखाउनुपर्छ त?’ भनि बलबहादुरले प्रश्न फर्काएपछि प्रतिउत्तरमा गच्छदारले भने, ‘तपाई र सभापति बहादुर बहादुर हो । कुरा मिल्छ नि । सभापति डराउने तपाईसँगै हो ।’ एक आपसमा बलबहादुर र गच्छदारले ठट्टा गरेका थिए ।

पाँच/पाँच पटक प्रधानमन्त्री तथा दुई पटक सभापति भएकाले बैठक चलाउने तरिका सभापतिमा हुनुपर्ने सुझाव गच्छदारले देउवालाई दिए । उनले भने,‘तपाई त बैठक चलाउने सभापति पनि हो ।’

पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिले आफ्नो विचार राख्ने क्रम बिहीबार सकिएको छ । उपसभामुख चयनका लागिका शुक्रबारको बैठक रोकिएको छ । शनिबारको बैठकमा पदाधिकारी बोल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?