
३१ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् ।
बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताएका हुन् ।
‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’
काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।
जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।
प्रतिक्रिया 4