+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारत प्रस्थान गर्नुअघि प्रचण्डले भने- छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १२:४९

३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् ।

तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् ।

प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’

उनले यसअघि भारतीय राजदूतसँग कुरा हुँदा उपयुक्त समयमा भारत भ्रमण हुने बताएको जस्तै अहिले पनि चीनसँग कुरा भएको बताए । उनले अगाडि थपे, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?