
१ साउन, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासको प्रक्रिया अगाडि बढाउँदै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरे ।
वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4