+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पुन भन्छन् : नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १५:०२

८ साउन, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

उनले नागरिकताजस्तो संवेदनशील विषयलाई एमालेले चुनावी राजनीतिक एजेण्डा बनाएको भन्दै त्यसो नगर्न चेतावनी दिए ।

केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधि सभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले दाबी गरे ।

‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो । अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ’, पार्टी सम्वद्ध राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकलाई सम्बोधन गर्दै आइतबार पुनले भने, ‘आफूले विधेक ल्याउने, अध्यादेशमा पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरुले त्यही प्रावधानसहितको विधेयक पास गर्दा राष्टघाती भनेर विरोध गर्ने एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ ।’

पुनले आफू राष्ट्रवादी र बाँकी सबै अराष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न एमाले नेतृत्वलाई सुझाए ।

पुनले नेपालको भू–राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुँनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको बताए । पुनले नागरिकता ऐनमा उल्लेखित बैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उल्लेख गरे ।

छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अंगीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा उनले जोड दिए । ‘कोही पनि जनागरिक नागरिकता विहीन हुुनुहुँदैन । सबैले नागरिकता पाउनुपर्छ’, उनले भने, ‘भारततसहित सार्क मुलुकको अनुभव हेरेर वैवाहिक अंगीकृतको सावलमा अहिले गरिएको व्यवस्था परिमार्जन गर्नुपर्छ ।’

सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अंगीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने पुनले स्पष्ट गरे ।

नेपाली राजनीति दुई दलीय होइन, दुई धुब्रीय बन्दैछ

अर्को प्रशंगमा पुनले नेपालको राजनीति दुई दलीय नभई दुई ध्रुबीय बन्दै गएको बताए । नेपाली समाज क्रमशः वामपन्थी र प्रजातान्त्रिक विचारधारामा ध्रुबीकृत हुँदै गएको भन्दै विचार मिल्नेहरु एक ठाउँ उभिनु जायज भएको उनले तर्क गरे ।

प्रगतिशील वामपन्थी र क्रान्तिकारी ध्रुवको नेतृत्व आफ्नो दलले गरेको र प्रजातान्त्रिक ध्रुवको नेतृत्व कांग्रेसले गरेको उनले बताए । वामपन्थी ध्रुवलाई बलियो र सशक्त बनाउन आफ्नो दलले वामपन्थी र प्रगतिशीलहरुको समाजवादी मोर्चा निर्माणको प्रयास अघि बढाइसकेको पुनले बताए । तर, एमाले ती ध्रुवमा नभई बीचमा उभिएको आरोप पुनले लगाए ।

बीचमा रहनेको अस्तित्व संकटमा पर्ने भन्दै उनले कुन धारामा समाहित हुने भन्ने विषयको टुंगो छिटो लगाउन एमालेलाई आग्रह गरे । ‘दुई पार्टी सिस्टम होइन, दुई विचारधारामा नेपाली समाजको तीव्र ध्रुवीकरण अघि बढेको छ’, पुनले भने, ‘एमाले प्रजातान्त्रिक ध्रुवको हो कि वामपन्थी प्रगतिशील ध्रुवको पार्टी हो उसले आफ्नो पोजिसन छिट्टै क्लियर गरोस् भन्ने हामी चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?