
११ साउन, काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।
बुधबारै बोर्डले अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसी अध्यक्षमा नियुक्त भएका हुन् । बोर्डमा अध्यक्षमा नियुक्त भएपछि केसीलाई चलचित्रकर्मीहरुले बधाई दिइरहेका छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4