+

चिनी खान चटक्कै छोड्दा के हुन्छ ?

२०७९ साउन  २७ गते १७:०१ २०७९ साउन २७ गते १७:०१
चिनी खान चटक्कै छोड्दा के हुन्छ ?

काठमाडौं । कुनै शुभकार्यमा वा खाना खाइसकेपछि अन्तिममा मिठाइ वा केही गुलियो खाने चलन छ । मिठाइ भनेपछि सबैको मुख रसाइहाल्छ, अनि गुलियो खानेकुरा एकपटक खाँदैमा केही हानी गर्दैन भन्ने सोचेर हामी खाइहाल्छौं ।

चिकित्सकहरु पनि एक–दुईपटक गुलियो खानेकुरा खाँदैमा स्वास्थ्यमा हानी नपुर्‍याउने, तर यसको नियमित सेवनले भने असर गर्ने बताउँछन् ।

मानव शरीरलाई ऊर्जाको लागि प्राकृतिक चिनी चाहिन्छ । जुन हामीले दैनिक रूपमा खाने खानाबाट प्राप्त गरिरहेका हुन्छौं । तर चिनीको अधिक सेवनले शरीरमा कस्तो असर गर्छ ? चटक्कै चिनी खान छाड्दा के हुन्छ ? भन्ने विषयमा पोषणविद् प्रतिमा सेन केसीसँग गरिएको कुराकानी :

पोषणविद् प्रतिमा सेन केसी

चिनी वा चिनीजन्य खानेकुरा खाएपछि शरीरमा के हुन्छ ?

चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यसको अत्यधिक सेवनको मोटोपन, मधुमेह जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।

चिनीको कुन तत्वले कस्तो हानी गर्छ ?

हामीले धेरै चिनी सेवन गर्‍र्यौं भने यसमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्ट्रोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ । त्यसैले आज गुलियो खाएमा भोलिपल्ट पनि गुलियो नै खानेकुरा खान मन लाग्छ । यसको धेरै सेवनले मोटोपन, मधुमेह र कोलेस्ट्रोलको समस्या निम्ताउँछ ।

चटक्कै चिनी छाड्दा के हुन्छ ?

हामीले दैनिक खाने खानाबाट नै शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट प्राप्त गर्ने भएकाले चिनी चटक्कै छाड्दा पनि केही नराम्रो असर गर्दैन । प्रोटिन फ्याट दैनिक सेवन गर्नुपर्छ । यस्ता खानेकुरा चटक्कै छाड्दा हाम्रो शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ ।

तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले कार्बोहाइड्रेटका लागि चिनी खाइरहनु पर्दैन । त्यसैले चटक्कै चिनी छाड्दा स्वास्थ्यमा केही नकारात्मक असर गर्दैन ।

सेतो चिनी भन्दा खैरो चिनी खानु राम्रो हो पनि भनिन्छ, त्यस्तो हो ?

अहिले सेतो चिनी हानिकारक छ त्यसैले खैरो चिनी खानुपर्छ भन्ने पनि सुनिन्छ । तर सेतो चिनी र खैरो चिनी दुवैमा क्यालोरी उत्तिकै मात्रामा हुन्छ । स्वाद र रंगमा मात्र फरक हुने भएकाले खैरो चिनी खानु र सेतो चिनी खानु दुवै स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । त्यसैले कुनै पनि प्रकारको चिनी सेवन नगर्दा नै राम्रो हुन्छ ।

हामी दैनिक के कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौं ?

कति चिनीजन्य खानेकुरा खाइरहेको भन्ने कुरा व्यक्तिमा भर पर्छ । एक टेबल चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ ।

शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ । जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौं । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौं । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौं ।

चिनी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

थुक किन आउँछ ?

थुक किन आउँछ ?

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ