२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् ।
‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने ।
नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया 4