
कृष्णभक्त पोखरेल । फाइल तस्वीर
२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकबारे सर्वदलीय बैठकमा छलफल गर्न माग गरेको छ ।
आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् ।
राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै उनले भने, ‘अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ । सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुन्छ ।’
बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4