+
+

माओवादी महासचिवमा ७ नेताको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ११:५२

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए । आफूहरुले ‘जसलाई बनाए पनि बनाउनुस्’ भनेको भन्दै उनीहरुले भनेका थिए, ‘बाहिर किन यस्तो गयो ? जति ढिला भयो, त्यति हामीलाई विस्थापित गर्ने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?