+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ओलीको दाबी : गठबन्धनका नेताले सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १७:२२

१० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका एक नेताले सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल भएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले हालै मात्र गठबन्धनका एक नेताले विदेशी भूमि र विदेशी प्रतिनिधिको रोहबरमा चुनावपछिको सत्ता साझेदारीबारे छलफल गरेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाभिमानलाई तेजोबध गर्ने र बाह्य शक्तिहरुलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न सहज तुल्याउने यस्ता गतिविधि गम्भीर छन् ।’

उनले गठबन्धनको के नेताले कहाँ छलफल गरेका हुन् भन्ने खुलाएका छैनन् । तर उनको संकेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ देखिन्छ, जसले हालै मात्र भारत भ्रमण गरेका थिए ।

राजनीतिक प्रतिवेदनमा गठबन्धन सरकारको चर्को आलोचना गरेका एमाले अध्यक्ष ओलीले  सरकार बन्नुअघि नै आफूहरु बाह्य शक्तिका लागि कम्फर्टेबल हुने बयनबद्धता गरेको र सरकार बनेपछि पनि एकपछि अर्को गर्दै बाह्य शक्तिहरुलाई रिझाउने काम गरेको बताएका छन् ।

भारतसँग सहमति भएको उर्जा विकास दीर्घकालीन अवधारणामा प्रश्न उठाएका उनले भनेका छन्, हालै अपारदर्शी ढंगले पश्चिम सेती र सेती–६ परियोजना भारतीय कम्पनीहरुलाई सम्पने निर्णयले गम्भीर आशंकाहरु जन्माएको छ ।’

यो सरकार आएपछि व्यापार घाटा, सीमा समसया, १९५० को सन्धि, ईपीजीको प्रतिवेदन जस्ता नेपाली सरकाराका विषयमा छलफल वा सहमति नहुने, तर भारतीय चासको विषय फटाफट अघि बढ्ने क्रम बढेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभाग फिर्ता गर्ने गरी सार्थक सीमा सम्वाद नगरेको, तर चीनसँग सीमाको अनावश्यक विवाद झिकेको, एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वको विषय बनाउने, एसपीपी सम्झौताका लागि मस्यौदा अगाडि बढाउने र हस्तक्षेपका लागि भित्री तयारी गजस्ता जस्ता कामले सरकार कुन दिशामा अघि बढेको छ भन्ने प्रष्ट भएको ओलीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?