+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेकपा विघटन गर्ने फैसलाको केपी ओलीले गरे प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १८:५१

११ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्ने सर्वोच्च अदालतको फैसलाको प्रशंसा गरेका छन् ।

शनिबार केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले सर्वोच्चले राम्रो फैसला पनि गर्ने भन्दै उदाहरण दिएका थिए । राम्रो फैसलाको उदाहरणका रुपमा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको तत्कालिन नेकपाको एकता प्रक्रिया भंग गर्ने आदेश सम्झिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘कहिलेकाहीँ अदालतले पनि राम्रो निर्णय गर्छ’, ओलीले भने, ‘ऋषि कट्टेलको पार्टीको नाम हुँदाहुँदै किन त्यही नाममा दिन्छ अदालतले ?’ २३ फागुन २०७७ मा सर्वोच्चले तीन वर्ष पहिले एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा विघटनको गर्ने फैसला सुनाएको थियो । त्यही फैसला पछि एमाले र माओवादी केन्द्र पुनर्स्थापित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?