+
+

काठमाडौं-७ मा भिड्लान वसन्त-इन्दिरा दम्पती ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १९:३१

१७ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रत्‍यक्षतर्फको चुनावमा काठमाडौं-७ मा रोचक प्रतिष्पर्धा हुने भएको छ ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वसन्त मानन्धरले र नेकपा एमालेबाट इन्दिरा पन्तले टिकट पाए यो क्षेत्रमा दम्पतीबीचमै चुनावी भिडन्त हुने देखिएको छ ।

एमाले विभाजन हुँदा दुई पार्टीतिर बाँडिएका दम्पती प्रतिनिधिसभाको चुनावका लागि काठमाडौं-७ बाट सिफारिस भएका छन् ।

वागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीसमेत रहेका मानान्धरलाई शुक्रबार एकीकृत समाजवादीको क्षेत्रीय कमिटीले एकल रुपमा सिफारिस गरेको हो ।

यता, नेकपा एमालेमा सिफारिस हुनेमा पन्त एक्ली भने होइनन् । एमालेले काठमाडौं-७ क्षेत्रबाट पन्तका अलवा विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य प्रज्ञा बज्राचार्यले मानन्धरलाई एकल रुपमा सिफारिस गरिएको र गठबन्धनभित्र काठमाडौं-७ बाट सशक्त दाबी रहेको बताइन् । यद्यपि गठबन्धनबाट मानान्धरले टिकट पाउँछन कि पाउँदैनन् निश्चित भएको छैन ।

त्यस्तै एमालेबाट पनि धेरै नाम सिफारिस भएकाले पन्तले नै चुनावी टिकट पाउने कुराको कुनै ग्यारेन्टी छैन । यदि एउटै क्षेत्रमा मानन्धर-पन्त दम्पतीले टिकट पाए प्रत्‍यक्षतर्फ चुनाव भिड्ने थोरै जोडीमध्ये एउटा जोडी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?