+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ठमेल पर्यटन परिषद्को आयोजनामा प्रथम भेट्रान्स फुटबल कप प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ६:५२

१८ भदौ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ ।

आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा प्रतियोगिता आयोजना हुने परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

परिषद्का उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्न र ठमेल क्षेत्रको पर्यटन विकासका लागि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागीता रहने संयोजक राजभण्डारीले बताए ।

४० वर्ष उमेर कटेका खेलाडीको सहभागीता रहने उक्त खेलमा टिम दर्ताका लागि १० हजार तोकिएको छ भने टिम दर्ता असोज २ सम्म गर्नुपर्नेछ । संयोजक राजभण्डारीका अनुसार सेमिफाइनलसम्मको खेल ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।

प्रतियोगिताका विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख सर्वाधिक गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई १०-१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

एनसेलको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं २६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि निःशुल्क उपलब्ध गराउने क्लबका अध्यक्ष एवम् सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले जानकारी दिए ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने बताए ।

प्रतियोगिता लागि करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको परिषद्का महासचिव राजीव पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?