
२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।
खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघरसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताए ।
मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उनले बताए ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4