+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बेरोजगार श्रम बैंकमा आबद्ध हुन भुम्लु गाउँपालिकाको आह्वान

काभ्रेको भुम्लु गाउँपालिकाले श्रम बैंक सूचीकृतका लागि आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १३:३४

२२ भदौ, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाले श्रम बैंक सूचीकृतका लागि आह्वान गरेको छ । २६ साउनको कार्यपालिका बैंठकको निर्णय अनुसार श्रम बैंकमा आबद्ध हुन सूचना आह्वान गरिएको अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए ।

गाउँपालिका भित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको सूची तयार गरी गाउँपालिकाबाट रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय अनुसार पालिकाभित्र बसोबास गर्ने १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका इच्छुक नागरिकहरुले आफ्नो वडा कार्यालयमा गई आवेदन दिन सक्ने पालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

श्रम बैंकमा आबद्ध हुने २४ असोजसम्म आवेदन दिन सकिने उनले बताए । आवेदन दिंदा आफूमा भएको विशेष क्षमताका बारेमा जानकारी, आफूले काम गर्न चाहेको क्षेत्र कुन हो भने खुलाउन भनिएको छ ।

यस्तै निवेदनसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपिहरु र कुनै तालिम लिएको भए उक्त तालिमको प्रमाण पत्रको प्रतिलिपि समेत पेश गर्न भनिएको छ । पालिकाको नीत तथा कार्यक्रमा उल्लेख भएअनुसार कार्यन्वयनको लागि सुचना प्रकाशित भएको उनले बताए ।

पालिकाभित्र रहेको बेरोजगार श्रम हाम्रो नै सम्पती भएको र श्रम बैंक मार्फत उक्त शक्तिलाई योजनाबद्ध रुपमा सदुपयोग गर्न उक्र कार्यक्रम अगाडि ल्याएको उनले बताए ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार शिक्षित युवालाई वन पैदावार र जडीबुटीमा आधारित व्यवसाय गर्न सकिने उनको भनाइ छ । यस्तै अदक्ष श्रमिकहरुलाई पनि उपभोक्ता समिति मार्फत हुने विकास निमार्णको कार्यमा प्रयोग गर्न योजना रहेको अध्यक्ष भुजेलले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?