+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रकाशमानलाई रवीन्द्रको जवाफ : तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १६:०२

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एकदुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै व्यंग्य गरेपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका छन् ।

सिंहले शनिबार काठमाडौं १ का सम्भावित प्रतिस्पर्धीहरुमाथि प्रश्न उठाएका थिए । आइतबार मिश्रले काठमाडौं १ बाट लगातार चुनाव जितेका सिंहलाई १५ प्रतिप्रश्न गरेका छन् ।

संसद चलेको कुल कति दिन उपस्थित हुनुभयो ? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन ? पूर्वाधार विकास, सम्पदा संरक्षण लगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो ? जस्ता प्रश्न गरेका छन् ।

मिश्रले सिंहलाई समाजिक सञ्जालमार्फत सोधेका छन्, ‘गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?’

स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको भन्दै मिश्रले सिंहलाई सोधेका छन्, ‘तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?