+
+

महाअभियोग सिफारिस समितिले आजै प्रतिवेदन बुझाउने

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असोज १ गते १२:४४

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकेको छ ।

शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान सकिएको हो ।

अब शनिबार नै ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । ‘महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी छ, सचिवायमार्फत मस्यौदा तयार भएको छ, त्यसलाई अन्तिम रुप दिन दिउँसो ३ बजे बैठक बोलाइएको छ’ उनले पत्रकारहरुलाई भने ।

शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ । त्यसैले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने ज्येष्ठ सदस्य विष्टले बताए । प्रतिनिधिसभाको कार्यकाल नै सकिन लागेकाले प्रतिवेदनमाथि छलफल गर्ने सम्भावना कम छ । ज्येष्ठ सदस्य विष्ट भन्छन् ‘ हामीले सभामुखलाई प्रतिवेदन बुझाउँछौं, सभामुखले जे निर्देशन दिनुहुन्छ, त्यही हुन्छ ।’

समितिमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले जसरी भएपनि प्रतिवेदन तयार गर्नुपर्ने अडान राखेका छन् । एमालेका सदस्यहरुले भने प्राप्त प्रमाण र कागजात अध्ययनपछि मात्रै प्रतिवेदन बनाउन थाल्नुपर्ने बताएका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?