
१ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा महाअभियोग लगाउन सिफारिस गर्दा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले फरक मत राखे ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ६ जना सांसद महाअभियोग लगाउन सहमत हुँदा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका ५ जना सांसद लगाउन नहुने पक्षमा उभिए । उनीहरुले समितिको प्रतिवेदनमा आफ्नो ८ बुँदे फरक मत राखेका छन् ।
उनीहरुले समय अभावका कारण कतिपय कागजात प्राप्त हुन नसकेको, प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपबारे अध्ययन विश्लेषण र यथार्थ यकिन गरेर महाअभियोगको निर्णयमा पुग्न नसकिएको उल्लेख गरेका छन् ।
उनीहरुले सत्ता गठबन्धन र समामुखले कार्यसम्पादन गर्न समय अभाव हुने गरी समितिलाई ढिलो जिम्मेवारी दिएका कारण जिम्मेवारी पूरा गर्न नसकिएको बताएका छन् । ‘समितिले सभाको कार्यकाल (१ असोज २०७९) भित्रै प्रस्तुत महाअभियोगको सम्बन्धमा निर्णयमा पुग्न सिफारिससहितको प्रतिवेदन तयार गर्न र प्रस्तुत गर्न सकिने अवस्था रहेन’ फरक मतमा भनिएको छ ।
हेर्नुहोस् फरक मत
प्रतिक्रिया 4