+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आरजुले पन्तलाई भनिन् : कैलाली–५ मा चुनाव लड्ने तयारी गर्नुस्

जनक विष्ट जनक विष्ट
२०७९ असोज ९ गते १८:१३

९ असोज, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलाली–५ मा डिल्लीराज पन्तलाई प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी छन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आरजुसँग भेट गरेका पन्तले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए । पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट आरजु एकल रुपमा सिफारिस भएको थियो । तर उनी नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन पद्धतिको बन्द सूचीमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने पक्का भएको छ ।

‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनुभएकाले कैलाली–५ बाट अगामी चुनाव लड्न नसक्ने हुँदा समानुपातिक रोजेँ,’ आरजुसँग भएको कुराकानीबारे पन्तले अनलाइनखबरसँग भने, ‘अब त्यहाँ तपाईंलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने कुरा छ । चुनावको तयारीमा लाग्नुस् ।’

आरजुको सुझाव अनुसार नै आफू चुनावको तयारीमा लाग्ने पन्तले बताए । ‘भोलि काठमाडौंबाट फर्केर तयारीमा लाग्छु’ उनले भने । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका रमेश धामीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका पन्तलाई क्षेत्रीय समितिले यस पटक पनि प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको थियो ।

आरजुले पन्तलाई उम्मेदवार बनाउने आश्वासन दिए पनि कैलाली–५ मा आकांक्षीहरुको व्यवस्थापन कांग्रेसका लागि सहज छैन । आरजु समानुपतिकमा बसेपछि यो क्षेत्रमा कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’, नेता क्षितिज भण्डारी, कृष्ण महरा, नृपबहादुर वड लगायतले उम्मेदवारी दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई यसपटक कैलाली–४ मा उम्मेदवार बनाउने देउवाले आश्वासन दिएका छन् । यसै क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धा गरेका सुनिल भण्डारीलाई कैलाली–५ मा चर्चा थियो ।

शेखर पक्षका नेता क्षितिज भण्डारीले त उम्मेदवारी घोषणा गर्दै तयारी थालिसकेका छन् । ‘सुदूरपश्चिममा हाम्रो पक्षबाट कोही पनि उम्मेदवार नहुने, कसको बलमा चुनाव जित्ने हो’ उनले भने, ‘हामीले टिकट नपाए हातमा दही जमाएर बस्दैनौं ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?