
काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
उनको सहज जीवनयापनका लागि भन्दै सरकारले अहिले २५ हजार रुपैयाँ भत्ता दिंदै आएकोमा त्यसमा थप गरी ५० हजार रुपैयाँ पुर्याएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4