+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मुकुन्द न्यौपानेको प्रश्न : ओलीको विरोध ओलीजस्तै बन्नलाई हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते २०:३४

९ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नेता मुकुन्द न्यौपानेले पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै जस्तो प्रवृत्ति देखाएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ओली प्रवृत्तिको विरुद्ध विद्रोह गरेको भए पनि अहिले त्यही प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् ।

‘केपी ओलीका प्रवृत्तिका विरुद्ध विद्रोह गरौं भनेर बाहिर आउने अनि पार्टी सञ्चालन कमिटी, परिचालन विधि र पद्धतिमा केपी ओली भन्दा निम्न स्तरमा झरेर विधि पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने’, उनले प्रश्न गरेका छन्, ‘हाम्रो विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि लागि थियो ?’

एमालेका पुराना नेता न्यौपानेले नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई साथ दिएका थिए ।

फेसबुकमा राखेको धारणाबारे बुझ्दा उनले आफूले सबै नेपाली कम्युनिष्टहरुमाथि यस्तो प्रश्न गरेको बताए । ‘ओलीको विरोध गर्ने अनि प्रवृत्तिको के अर्थ रहन्छ भनेर सबै नेपाली कम्युनिष्टहरुलाई भनेको हो,’ न्यौपानेले भने, ‘नेपालका सबै नेताहरुलाई ओलीले बोकेको प्रवृत्ति सच्याउन सक्छौं भने विरोध गर्नुको अर्थ रहन्छ, तर उस्तै प्रवृत्ति बोकेर अर्थ रहँदैन भन्ने अर्थमा लेखेको हुँ ।’

यो प्रश्न तपाईंका अध्यक्ष माधव नेपालमाथि पनि हो भन्ने अनलाइनखबरको प्रश्नमा पनि न्यौपानेले सबै कम्युनिष्ट नेताहरुमाथि भएको बताए । ‘सबै कम्युुनिष्ट नेताहरुलाई हो’, उनले भने, ‘मोहन वैद्य, प्रचण्ड, बाबुराम सबैलाई । आफू त्यहाँ पुगे ठीक हुने, आफू त्यहाँ नपुगे बेठीक हुने भन्ने खालको प्रवृत्ति जुन छ, यो सबैले सच्याउनुपर्छ भनेको हो ।’

न्यौपानेले माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीका नेताहरुको तयारीको समेत फेसबुकमार्फत नै विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?