
२१ असोज, चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।
तर क्षेत्र नम्बर १ र ३ को उम्मेदवार भने टुंगो नलागेको एक नेताले बताए ।
क्षेत्र नम्बर १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्व जिल्लाअध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिस भएको छ । उनीहरुमध्ये कसलाई टिकट दिने तय भइसकेको छैन ।
क्षेत्र नम्बर २ भने प्रदेशसभा सदस्यहरुको उम्मेदवार समेत तय भएको छ । एक नेताका अनुसार ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।
क्षेत्र नम्बर ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको नाम एकल रुपमा सिफारिस भएको छ । तर राप्रपासँग आज साँझ वार्ता गर्ने तय भएकाले उनको टिकट टुंगिएको छैन ।
प्रदेशसभामा भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ । भुर्तेल निवर्तमान सांसद हुन् भने विष्ट अनेमसंघ चितवनका पूर्व अध्यक्ष हुन् ।
प्रतिक्रिया 4