
२२ असोज, जनकपुरधाम । निवर्तमान प्रदेश सांसद तथा नेकपा एमालेका नेता किशोरी साहले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । चुनावी तालमेलका क्रममा नेकपा एमालेले धनुषा क्षेत्र नं. १(क) जसपालाई दिएपछि उनी रुष्ट भएका हुन् ।
उनले आफू पार्टी परित्यागको तयारीमा रहेको अनलाइनखबरलाई बताए । आफूले चुनाव जित्ने पक्का भए पनि टिकट नपाउने भएपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
पार्टी परित्याग गरी स्वतन्त्र वा सीके राउत नेतृत्वको जनमत पार्टीबाट चुनाव लड्ने विषयमा समर्थकहरुसंग छलफल गरिरहेको बताए । जनमत पार्टीबाट चुनाव लड्नुपर्ने दबावसमेत रहेको बताउँदै भोलि यस विषयमा निर्णय लिने जानकारी दिए ।
साहले धनुषा क्षेत्र नं. १ (क) बाट २०७४ को निर्वाचनमा जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4