+
+

चितवन ३ मा एमाले र राप्रपाबीच भएन सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:१०
राप्रपा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे र एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने (दायाँ) ।

२३ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ ।

एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए । एमालेले ग्रिन सिग्नल नदिएपछि उम्मेदवारी दर्ता गर्न राप्रपा उपाध्यक्ष पाण्डे चितवन आएका छन् ।

राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुकुमार भट्टराई र चितवन–२ मा रविन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल रुपमा सिफारिस भए पनि उनको टिकट टुंगो लागिसकेको छैन ।

चितवन–३ मा प्रदेशतर्फ ३(क) मा राप्रपा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ र र ३ (ख)मा राप्रपा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दिने भएकी छन् ।

यस्तै चितवन १ (क) मा राप्रपा चितवनका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामहरि कँडेल र २(ख) मा राप्रपा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिने भएका हुन् ।

यस्तै, चितवन २ (ख) मा जगदीश्वर अधिकारीले उम्मेदवारी दिंदैछन् । चितवन २ (क) मा उम्मेदवारको नाम टुंग्याउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?