+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:१२

२५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा अर्को महिना चीन फर्किने तयारीमा रहेकी राजदूत यान्छीले भेट गरेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो । उनले यसअघि परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाइ भेट गरेकी थिइन् ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत यान्छीलाई चीनले यसपछि दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको जनाइएको छ ।

उनी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत बनेर आएकी थिइन् ।

राजदूत यान्छीको चार वर्षे कार्यकालमा दुई देशबीच उच्चस्तरीय भ्रमणहरू हुनुका साथै दुई देशबीच महत्वपूर्ण क्षेत्रमा सहकार्य समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?