
२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले देशकै ठूलो पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएरको टिप्पणी गरेका हुन् ।
‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ ?’ भट्टराईले प्रश्न गरे, ‘विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4