+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंकको ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १७:११

३१ असोज, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पूँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनपछि बोल्दै उद्योगी व्यवसायीका अगुवाहरुले कोभिड–१९ को महामारीबाट थलिएको निजी क्षेत्र तरलता अभाव र चर्को व्याजदरका कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेको गुनासो गरे ।

‘बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने आफू खुसी गर्न छोडिदिँदा ८–९ प्रतिशतको व्याजदर बढेर अहिले १५–१६ प्रतिशतसम्म पुगेको छ,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले भने, ‘निजी क्षेत्रको माग तत्काल सम्बोधन नभए चरणबद्ध आन्देलनको विकल्प छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?