+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १५:५०

४ कात्तिक, गोरखा । गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

पटका, आतिशवाजी, झिरझिरे, भूइँचम्पा, पटका जस्ता विष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ । त्यस्ता पदार्थ निकासी, ओसार प्रसार र बिक्री वितरण गरेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चेतावनी दिएका छन् । जुवातास खेलेको पाइएमा पनि कानूनी कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

‘बजारमा अखाद्य रंग मिलाएका खाद्य पदार्थ उत्पादन र म्याद गुज्रिएका कमसल खाद्य वस्तु बिक्री वितरण नगर्न पनि भनेका छौ,’ प्रजिअ आचार्यले भने, ‘तोकिएको भन्दा बढी मूल्न नलिन पनि सचेत गराएका छौं ।’

सार्वजनिक सवारी साधानहरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु नराख्न पनि भनिएको छ । ‘यी सबै कुरामा हामीले सचेत गराएका छौं, निगरानीसँग अनुगमन पनि बढाउछौं, त्यस्तो भेटिएमा कारबाही गर्छाै,’ प्रजिअ आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?