+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

डा.भट्टराईको पपुलिस्ट नारा : काठमाडौं टु सगरमाथा केवलकार, पूर्वपश्चिम रेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:२५

६ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

जहाँ पपुलिस्ट नारा दिएर जनताको ध्यान तान्ने प्रयास गरिएको छ ।

डा.भट्टराई नतृत्वको नेसपाको सबैभन्दा पपुलिस्ट नारा हो– काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म केवलकार ।

‘काठमाडौदेखि सगरमाथा बेस क्याम्पसम्म केवलकार’ प्रतिबद्धतापत्रको १३ नम्बरको ‘केवलकार’ शीर्षकमा उल्लेख छ । यसको सुनिश्चितता कसरी हुन्छ भन्ने विषयलाई प्रतिबद्धतापत्रको सुरुमै लेखिएको छ, आर्थिक विकास तथा समृद्धिका योजनाहरू संघीयस्तर र प्रादेशिक स्तरका रणनीतिक महत्वका आयोजनाहरूलाई बजेटको कमि हुन नदिई सम्पन्न गरिनेछ ।’

अर्को पपुलिस्ट नारा हो– रेल । एक दिनमा मेची–काली यात्रा गर्न सक्ने गरी पूर्व–पश्चिम रेल मार्ग निर्माण गर्ने नेसपाको प्रतिबद्धता छ । प्रतिबद्धता पत्रमा रेलमार्ग सम्बन्धी छुट्टै शीर्षक छ । प्रतिबद्धता नम्बर ७ मा भनिएको छ, ‘पूर्व पश्चिम लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्गको निर्माण ।’

यसैगरी, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल लुप निर्माण गर्ने पनि डा.भट्टराई नेतृत्वको पार्टीको चुनावी प्रतिबद्धता छ । साथै, काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि प्रतिबद्धता छ ।
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रेलको सपना देखाउँदा डा.भट्टराईले आलोचना गरेका थिए ।

२०१६ मे १७ मा डा. भट्टराईले ओलीको रेल सपनाको आलोचना गर्दै ट्वीट गरेका थिए, ‘प्रमले रेल/पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका शहरमा सार्वजनिक बस सेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएको सडकमा ट्राफिक जाम उस्तै जो छ !’

तर ६ वर्षपछि डा. भट्टराईले ओली भन्दा अगाडि बढेर रेलको सपना बाँडेका छन् । जबकी काठमाडौं लगायतका शहरमा सार्वजनिक बस सेवा डाक्टर भट्टराईले ट्वीट गरेको बेलाको जस्तै छ अर्थात सार्वजनिक बस सेवामा खासै सुधार भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?