+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एकीकृत समाजवादीको घोषणापत्र : ओलीको आलोचना, मनमोहनको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १४:१६

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनअपेक्षामा कुठाराघात भएपछि आफूहरुले विदोह गरेको बताएको छ । सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले एमालेबाट कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति भएकाले विद्रोह गरेको उल्लेख छ ।

‘एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैलीसमेत विकास भयो जसको कारण कम्युनिस्ट पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनलाई नै ठूलो क्षति भयो’, घोषणापत्रमा भनिएको छ, ‘हामीले नेकपा एमालेमा व्याप्त अवसरवाद, गैर कम्युनिस्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्‍यौं । एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौं ।

२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमत पाए पनि जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएको एकीकृत समाजवादीले बताएको छ ।

‘…जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्र होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो’ घोषणापत्रमा भनिएको छ ।

मनमोहन सरकारका उपलब्धीमा दाबी

ओलीको आलोचना गरे पनि एकीकृत समाजवादीले एमालेको मूल हाँगो आफू भएको दावी गरेको छ । र उसले नेकपा एमालेका तत्कालीन नेता मनमोहन अधिकारी सरकारले गरेका कामको जस लिने प्रयास गरेको छ ।

तत्कालीन सरकारले अघि सारेको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ नेपालमा ग्रामीण क्षेत्रको विकासमा परिवर्तन ल्याउनुको कारक रहेको भन्दै प्रशंसा गरिएको छ।

‘कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नो महिने सरकारको सबैभन्दा लोकप्रिय र जन–जनका मन मस्तिष्कमा बस्न सफल कार्यक्रम हो ‘आफ्नो गाउँ, आफै बनाऔं’, भनिएको छ, ‘यो कार्यक्रम नेपालको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो ।’

त्यस्तै निर्वाचन क्षेत्र केन्द्रित ‘नौ स’ कार्यक्रम समेत सन्तुलित विकासका लागि महत्वपूर्ण भएको भन्दै प्रशंसा गरिएको छ । नौ स अन्तर्गत मनमोहन सरकारले स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन वन, सामुदायिक विद्युतीकरण, साना तथा लधु उद्योग, सीपमूलक तालिमलाई राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?