+
+

नेपाल पानोरमातर्फ किम्फको लाइनअप सार्वजनिक, १७ फिल्म प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १०:५३

काठमाडौं । काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले नेपाल पानोरमा खण्डतर्फका प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी नेपाली फिल्मको लाइनअप घोषणा गरेको छ ।

१७ फिल्म प्रतिस्पर्धी खण्डतर्फ र दुईवटा गैरप्रतिस्पर्धी खण्डतर्फ छानिएका छन् । यसअघि अन्तर्राष्ट्रिय खण्डतर्फका २०/२० वटा फिल्मको लाइनअप सार्वजनिक भएको थियो ।

नेपाल पानोरमातर्फका प्रतिस्पर्धी फिल्ममा गोपाल आचार्यको फिल्म ‘आखत’, कमल कुमार र विद्या चापागाईंको ‘बाघको बंगारा’, प्रसुना डंगोलको फिल्म ‘बिफोर यु वेर माइ मदर’ छन् ।

साथै, दीपा श्रेष्ठको ‘ड्रिफ्टिङ क्लाउड’, मिन्सो लिम्बूको ‘जुन्को’, निग्मा गेलु शेर्पाको ‘काठमाडौं मनसुन’, सन्तोष दाहालको ‘मृगतृष्णा’, बुद्ध मगरको ‘रोष’, आकांक्षा कार्कीको ‘सनै’ छन् ।

अनिल बुढामगरको ‘द आइरन डिगर’, सम्राट खनालको ‘थ्रु द सिंगिङ भिलेज’, प्रवीण रोकायाको ‘विजया’, सूर्य शाहीको ‘विह्ल्स अन द बस’, प्रणय लिम्बूको ‘उर्मी’ पनि छन् । यस्तै विनोद अधिकारीको ‘एभरेष्टम्यान’, इन्गी होपो कोइन्च सुनुवारको ‘सेनाको चेली’, पिंकी श्रीस रानाको ‘हजुर’ प्रतिस्पर्धी खण्डमा छन् ।

नेपाल पानोरमा खण्डको गैरप्रतिस्पर्धातर्फ कल्पना वन र प्रतिभाको फिल्म ‘अ जर्नी अफ इनोसेन्स’ तथा भावना अधिकारी र डिम्पल राजथलीको ‘खुल्ला आकाश’ छानिएका छन् ।

डिसेम्बर दोस्रो साता काठमाडौंमा हुने फेस्टिभलको साइडलाइनमा यसपटक अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको साधारणसभा पनि नेपालले आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?