+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आईपीओ जारी गर्दा वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत आरक्षण छुट्याउनु पर्ने

रेमिट्यान्स बचत खातामा ६ महिनाम ५० हजार पठाएको हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:५९

१७ कात्तिक, काठमााडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याउने निर्देशन दिएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागु गर्दै वैदेशिक रोजगारीमा रहेको युवालाई १० प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था निर्देशिकामा गरेको छ । यसरी छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकी आह्वान पत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

उक्त सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ । वैदेशिक रोजगारीमा रहेकोलाई छुट्याएको सेयर बाँडफाँट भए पश्चात मात्र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु व्यवस्था गरिएको छ ।

तर, यसरी निष्काशित सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ ।

उक्त निर्देशिका १७ कात्तिकदेखि नै लागु हुने बोर्डले जनाएको छ । त्यस अनुसार अब आईपीओ निष्कासन गर्ने कम्पनीहरुले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई समेत कोटा छुट्याउनु पर्नेछ ।

हेर्नुहोस् निर्देशिकाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?