
काठमाडौं । लोकप्रिय टीभी श्रृंखला ‘मेरी बास्सै’ले प्रसारणको ७८० भाग पूरा गरेको छ । नेपाली हास्यव्यंग्य सिरियलको इतिहासमा सम्भवतः यो कार्यक्रम सर्वाधिक लामो समय चलिरहेको श्रृंखला पनि हो ।
सिरियलको मंगलबार ७८० औं भाग प्रसारण भएको हो । उक्त भागदेखि सिरियलले कलाकारमा केही हेरफेर गरेको छ । चर्चित अभिनेता मुकुन्द श्रेष्ठ बडाकाजीको भूमिकामा भित्रिएका छन् ।
सिरियलमा यो चरित्र निर्वाह गरिरहेका अभिनेता रामचन्द्र अधिकारी बिरामी भएर अहिले घरमै आराम गरिरहेका छन् । उनी निको हुन समय लाग्ने देखिएकाले मुकुन्दलाई ल्याइएको जनाइएको छ ।
पण्डितका अनुसार रामचन्द्र अधिकारी निको भएर फर्किन अझै केही साता लाग्ने भएकाले नयाँ कलाकार ल्याइएको हो । नेपाली फिल्ममा मुकुन्द डरलाग्दा खलपात्रको भूमिकामा चलेका कलाकार हुन् । तर उनी कहिलेसम्म सिरियलमा रहन्छन् भन्ने कुरा टुंगो छैन ।
मेरी बास्सै प्रत्येक मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4