+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

आर्मीले टिममा सोमपाललाई राखेपछि एपीएफले फाइनल खेल्न मानेन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १०:२३

२६ कात्तिक, काठमाडौं । पाँचौ प्रधानमन्त्री कप एक दिवसीय कि्रकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा आर्मीको टिममा सोमपाल कामीलाई समावेश गर्दा एपीएफले टस गर्न अस्वीकार गरेको छ।

जारी प्रतियोगितामा डेंगु संक्रमणका कारण टिम बाहिर रहेका सोमपाललाई खेलाउन लाग्दा विपक्षी टोली एपीएफले अस्वीकार गरेको हो ।

आर्मी र एपीएफबीचको खेल बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने तालिका रहेको थियो । तर सोमपाललाई खेलाउने विवादका कारण खेेल सुरु हुन ढिला भएको छ ।

आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपीएफका कप्तान शरद भेषावकरले टस गर्न नमानेनन् । म्याच रेप|mी वुद्धिबहादुर प्रधानलाई आर्मीको टोलीलेसोमपाललाई टिममा राख्न नपाउने तक पेस गरेको छ ।

आर्मीले १४ सदस्यीय टोलीका अनिल मण्डल चोटग्रस्त हुँदा उनको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मै राखेको थियो ।

प्रतियोगिताको सुरुआतमा पनि सोमपालको नाम आर्मीको टोलीमा थियो । डेंगुका कारण टिम बाहिर रहेका सोमपालको स्थानमा आर्मिले अनिललाई टोलीमा राख्यो । तर फाइनलका लागि भने आर्मीले सोमपाललाई टोलीमा समेट्यो । जसका कारण फाइनल खेललमा विवाद उत्पन्न भएको छ ।

आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएपछि प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो ।

हिजो सेमिफाइनल खेलमा पुलिसलाई जितेपछि आर्मीका कप्तान विनोद भण्डारीले सोमपाल टिममा खेल्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?