
२७ कात्तिक, काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा आविष्कार केन्द्रले काम गर्ने भएको छ ।
यी क्यामेराबाट हवाई रुटमा मौसमसम्बन्धी जानकारी लिइने समेत प्राधिकरणको भनाइ छ । प्रस्थान र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरु इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4