+

मेस्सी र रोनाल्डोसहित चार खेलाडी पाँचौपल्ट विश्वकप खेल्दै

२०७९ कात्तिक  ३० गते १५:४९ २०७९ कात्तिक ३० गते १५:४९
मेस्सी र रोनाल्डोसहित चार खेलाडी पाँचौपल्ट विश्वकप खेल्दै

३० कात्तिक, काठमाडौं । आउने आइतबार कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ ।

३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्न जानेछन् । जसमध्ये चार खेलाडी आफ्नो पाँचौ विश्वकप खेल्दैछन् ।

कतार विश्वकप अघि चार जनाले मात्र विश्वकपका पाँच संस्करण खेल्ने कीर्तिमान बनाएका छन् । अब २२औं संस्करणको विश्वकप फुटबलमा अरु चार खेलाडीले उक्त उपलब्धी हासिल गर्नेछन् ।

यसअघि मेक्सिकोमा एन्टोनिओ कार्बाजल र राफा मार्क्वेज, जर्मनीमा लोथर म्याथ्युज र इटलीका जियानलुजी बुफोनले पाँचवटा विश्वकप खेलेका थिए ।

कार्बाजलले १९५० देखि १९६६ ससम्म खेलेका थिए भने म्याथ्युजले १९८२ देखि १९९८ सम्म खेलेका थिए । यस्तै बफोनले १९९८ देखि २०१४ सम्म तथा मार्क्वेजले २००२ देखि २०१८ सम्म खेलेका थिए ।

सन् २००६ देखि लगातार चार विश्वकप खेलेका चार खेलाडी कतारमा पाँचौ विश्वकप खेल्दैछन् । विश्व फुटबलकै सुपरस्टार द्वय लियाेनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पाँचौ विश्वकप खेल्दैछन् । यस्तै मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाओ र आन्द्रेस गुअर्डाडो पनि पाँचौ विश्वकप खेल्दैछन् ।

यी चारै खेलाडीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यू गरेका थिए ।

अहिले कतारमा विश्वकप खेल्न जानेमाध्ये मेसी सबैभन्दा अनुभवी हुन् । ३५ वर्षीय मेसीले चार विश्वकपमा कूल १९ खेल खेलेका छन् र ६ गोल गरेका छन् । कतार विश्वकपमा फाइनलसम्म पुगेर ७ खेल खेलेमा मेसी सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

यस्तै रोनाल्डोले चार विश्वकपमा गरी १७ खेल खेलेका छन् भने ७ गोल गरेका छन् ।

मेक्सिकोका गोलकिपर ओचाओले ८ खेल खेलेका छन् । सोही देशका कप्तानका गुअर्डाडले १२ खेल खेलेका छन् ।

क्रिष्टियानाे राेनाल्डाे फिफा विश्वकप लियाेनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय