+

घरेलु मैदानमा पहिलो ओडीआई शृंखला जीत (फोटो फिचर)

२०७९ मंसिर  २ गते १८:२७ २०७९ मंसिर २ गते १८:२७
घरेलु मैदानमा पहिलो ओडीआई शृंखला जीत (फोटो फिचर)

२ मंसिर, काठमाडौं । नेपालले युएईलाई शुक्रबार ६ विकेटले शराएर घरेलु मैदानमा पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा जीतपछि नेपालले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले घरेलु मैदानमा दुईवटा ओडीआई शृंखला खेल्दा यो पहिलो शृंखला जीत हो । गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पपुवा न्युगिनी विरुद्धको शृंखलाा भने नेपाल २-० ले पराजित भएको थियो ।

नेपालले ओडीआईको पहिलो शृंखला पनि युएई विरुद्ध नै जितेको थियो । सन् २०१९ मा युएईमा भएको शृंखला नेपालले २-१ ले जितेको थियो ।

गत वर्ष ओमानमा भएको पपुवा न्युगिनीविरुद्ध दुई खेलको ओडीआई शृंखला नेपालले २-० ले जितेको थियो । नेपालले शृंखलामा पहिलोखेल गुमाए पनि त्यसपछि लगातार दुई खेल जितेर पुनरागमन गर्दै सिरिज जितेको हो ।

पहिलो खेफमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो ।

तेस्रो खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आसिफले अविजित रहँदै ८८ रन बनाए । ज्ञानेन्द्रले ६४ रन बनाए ।

रोहित पौडेले यसै सिरिजबाट नेपालको कप्तानी यात्रा सुरु गरे । उनको पहिलो कप्तानी सिरिज नै नेपालले जितेको छ ।

कप्तान रोहितले कप्तानको रुपमा पहिलो सिरिज नै जित्दा आफू भाग्यमानी भएको बताए । यसै सिरिजबाट हरि शंकर शाहले ओडीआईमा डेब्यू गरे ।

सबै तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपाल भर्सेस युएई नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८