+
+

पर्साबाट प्रदेशसभामा स्वतन्त्रका जयसवाल र कांग्रेसका क्षेत्री विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:१०

७ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवालले नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) लाई पराजित गरेका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३०  मत पाए ।

कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन् । क्षेत्री नेपाली काँग्रेस पर्साका सभापति हुन् । क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन् ।

टिकटका लागि पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए । ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए । प्रल्हाद ६३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६२५० मत सहित दोस्रो स्थानमा थिए ।

निवर्तमान प्रदेशसभा सदस्य प्रल्हाद लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै टिकटका लागि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?